पर्यटन बोर्डको सीईओ मा डा. धनञ्जय रेग्मी नियुक्त

0
Shares

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् ।

बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

नयाँ सीईओ नियुक्तिका लागि बोर्डद्वारा गठित उपसमितिले शिफारिस गरेका ३ जनामध्येबाट  रेग्मी सबैभन्दा धेरै अंक ल्याएर सीईओ नियुक्त भएका हुन् ।

बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि रेग्मीसहित दीपक बस्ताकोटी र हिक्मत सिंह ऐर पनि सिफारिस भएका थिए।

गत डिसेम्बर २४ तारिखमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिए लगत्तै बोर्डमा नयाँ नेतृत्वको प्रक्रिया सुरु भएको थियो।

 पर्यटन बोर्डले गत मंसिर १८ मा सिइओको लागी आवेदन माग गरेको थियो। जसमा १७ जनाको आवेदन परेको थियो।