‘७.९% नेपाल एसविआई बैंक ऋणपत्र २०८०’ को सूचीकरण खारेज

0
Shares

‘७.९% नेपाल एसविआई बैंक ऋणपत्र २०८०’ को सूचीकरण खारेज भएको छ । नेप्सेको बैशाख ६ गतेको निर्णयानुसार उक्त ऋणपत्रको अवधि परिपक्क भएसँगै सूचीकरण खारेज गरिएको हो ।

ऋणपत्रको अवधिसँगै समाप्त भएसँगै बैंकले सूचीकरण खारेज गर्न २०८० चैत २८ गते नेप्सेमा निवेदन दिएको थियो ।

नेपाल एसबिआई बैंकले १० वर्ष अवधि तथा प्रति डिबेन्चर अंकित मूल्य एक हजार दरको २० करोड बराबरको २ लाख कित्ता ‘७.९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८०’ जारी गरेको थियो । सो ऋणपत्र २०८० बैशाख ६ गतेदेखि परिपक्क भएको हो । परिपक्क भएसँगै अब बैंकले ऋणपत्रका लगानीकर्तालाई अन्तिम किस्ताको ब्याज तथा साँवा सहित रकम फिर्ता गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।