शिखर इन्स्योरेन्सलाई ३० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

0
Shares

शिखर इन्स्योरेन्सले पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद बिक्रीका लागि अनुमति दिएको छ।

इन्स्योरेन्सले प्रति शेयर १०० अंकित मूल्यका ३१ करोड ७१ लाख ९३ हजार २ सय बराबरको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो।

इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। बोर्डमा गत असोज २८ गते निवेदन दिएको थियो। हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआईबिएल क्यापिटललाई दिइएको छ।

शिखर इन्स्योरेन्सको हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान गरेको छ । इक्रा एनपी आईपीओ ग्रेड ३ (प्लस) रेटिङले हकप्रदमा लगानी गर्न तुलनात्मक सकारात्मक स्थिति जनाउँदछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।