नेप्से दोहोरो अंकले बढ्यो, उत्पादनमुलक र विकास बैंकका सेयरमा लगानीकर्ताको चासो

0
Shares

लगातारको पाँच कारोबार दिनपछि आइतबार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सूचक आज १२.२९ बिन्दुको वृद्धि सहित १९८४.४३ बिन्दुमा बन्द भएको हो ।

आइतबार ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर ४७ हजार ११७ पटक खरिद बिक्री भएका छन् । कुल २ अर्ब २६ करोडको सेयर कारोबार भएको आइतबारको बजारमा गोर्खाज फाइनान्सको मात्रै १० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावरको ७ करोड १८ लाख, रुरु जलविदूतको ५ करोड ८८ लाख र पोखरा फाइनान्सको ६ करोड ६५ लाखको धितोपत्र किनबेच भयो ।

आज कारोबारमा आएका उपसमुहगत सूचकमध्ये बैंकिङ्ग र म्युचुअल फन्ड बाहेक सबै बढेका छन् । उत्पादत तथा प्रशोधनमुलक इन्डेक्स् सर्वाधिक १.९० प्रतिशतले बढेको बजारमा विकास बैंक १.०८, अन्य ०.९५, निर्जीवन बीम ०.९४ र लगानी ०.८४ प्रतिशतले बढेको छ।
आजको बजारबाट दोल्ती पावरका लगानीकर्ताले सर्वाधिक मुनाफा गरेका छन् । कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर ४८७ रुपैयाँ पुगेको छ । यस्तै एनआईसी एशिया लघुवित्तको ८. ४७, रुरु जलविद्युतको ८.१८, अपर हेवाखोला ७.२५ र सर्वोत्तम सिमेन्टको ६.५४ प्रतिशतले भाउ बढेको छ ।

उता आज पिपुल्स् पावरका लगानीकर्ताले सर्वाधिक ७.४६ प्रतिशतले मूल्य गुमाउँदा प्रतिकित्ता मूल्य ६०८ मा झरेको छ । यसैगरी खानीखोला हाइड्रोपावर ५.४७, सूर्यज्योति लाइफको ४.९७, गुराँस लघुवित्तको ४.६८ र गोर्खाज फाइनान्सको सेयरको भाउ ४.०१ प्रतिशतले घटेको छ ।

आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ४६ अर्ब ५६ करोड ५३ लाख ३२ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।