उन्नति माइक्रोफाइनान्सको ८,८९५ कित्ता शेयरको लिलामी खुल्यो

0
Shares

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको बिहीबार देखि ८ हजार ८९५ कित्ता शेयरको लिलामी खुलेको छ । कम्पनीले सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले यो लिलामीमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्ने हुन्छ ।

उन्नतिले यसअघि २० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । कम्पनीले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ लाख १ हजार १०५ कित्ता हकप्रद मात्र बिक्री भएको थियो ।

हाल उन्नतिको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । शेयर लिलामी पछि पूँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

यस्तै, उन्नतिको माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट ४०.५०% बोनस र २.१३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

उन्नतिको नेप्सेमा बुधबार प्रतिकित्ता ११ सय ४० रुपैयाँमा अन्तिम सेयर कारोबार भएको थियो ।