स्वाबलम्बन लघुवित्तको खुद नाफा करिब १२ करोड, खराब कर्जा झण्डै ११ प्रतिशत

0
Shares

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ११ करोड ८६ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा १२ करोड २ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको नाफा १.३५ प्रतिशतले घटेको हो ।

वित्तीय विवरण अनुसार लघुवित्तको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ, लघुवित्तको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ७२ करोड ५५ लाख ४९ हजार रुपैयाँ सञ्चित छ । लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ५७ लाख रुपैयाँ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५२ पैसा घटेर १० रुपैयाँ ९१ पैसामा झरेको छ । यस्तै प्रति सेयर नेटवर्थ २१९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.१० गुणा छ ।

चैत मसान्तसम्ममा लघुवित्तले १३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन क्रमशः ७.०८ र ४.८५ प्रतशत बढी हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.२७ प्रतिशत घटेर १ अर्ब २ करोड २७ लाख ६३ हजार रुपैयाँ कायम हुँदा सञ्चालन नाफा १.६५ प्रतिशत घटेर १६ करोड ९० लाख ७४ हजार रहेको छ । त्यस्तै, लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ६.३५ प्रतिशत घटेर २७ करोड १६ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म लघुवित्तको आधारदर १४.५२ प्रतिशत, कस्ट अफ फन्ड ८.६१ प्रतिशत र खराब कर्जा अनुपात १०.८८ प्रतिशत रहेको छ। खराब कर्जा वापत लघुवित्तले ३८ करोड ५७ लाख ७९ हजार रुपैयाँ जोखिम व्यवस्थामा छुट्टाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।