लगानीकर्ताको आकर्षणमा फाइनान्सका सेयरमा, नेपाल रिको संस्थापक उच्च कारोबार

0
Shares

बुधबार सेयर लगानीकर्ताको आकर्षणमा फाइनान्स कम्पनीका सेयरमा देखिएको छ । सेयर बजार सुस्त बन्दै गर्दा कम पुँजी भएका वित्त कम्पनीको सेयरमा कारोबारी लागेका हुन् । जसका कारण बुधबार फाइनान्स इन्डेक्स २.४४ प्रतिशतले बढेर १९९१.६२ बिन्दुमा पुगेको छ ।

आज दिनभरमा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँ बराबरको कारोबार भएको छ। आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ बिन्दुमा पुगेको छ । ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता सेयर ३६ हजार ८८३ पटक खरिद बिक्री भएको हो । कुल कारोबार रकम मध्ये नेपाल रि इन्स्योरेन्सको संस्थापक सेयर मात्रै ६३ करोड ३० लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीको २२ लाख ६० हजार ८८० कित्ता सेयर कारोबार भएकोमा अधिकांश सेयर ४९ नम्बरबाट खरिद र ४४ नम्बर ब्रोकरबाट बिक्री भएको छ ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये फाइनान्स, बैंकिङ्ग, उत्पादन तथा प्रशोधन बाहेक सबै घटेका छन् । सबै सामान्य घटेकोमा होटल तथा पर्यटनमुलक सर्वाधक ०.४४ प्रतिशतले घटेको छ ।  आज पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दश प्रतिशतले मूल्य बढेसँगै कम्पनीको मूल्य प्रतिकित्ता ५६५ रुपैयाँ ४० पैसामा पुगेको छ। यस्तै गुराँस लघुवित्त ९.९२, सर्पोट माइक्रोफाइनान्स ७.५५, नेपाल फाइनान्स ५.७६ र एनआ।एन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ५.५३ प्रतिशतले मूल्य बढेको छ ।

आजको बजारमा माइखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.८४ प्रतिशतले गुमाउँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ । यस्तै नेपाल बैंक डिबेञ्चर २०८५ को ३.९६, महिला लघुवित्तको ३.८४, लक्ष्मी उन्नती कोष ३.६५ र रिभर फल्स पावरको ३.३९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज शीर्ष कारोबार भएका अन्य कम्पनीहरुमा पोखरा फाइनान्सको १४ करोड ८० लाख, गोर्खाज फाइनान्सको ८ करोड ४० लाख, नेपाल फाइनान्सको ५ करोड ७४ लाख र पिपुल्स पावर लिमिटेडको ४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

यससँगै बुधबार कुल बजार पुँजीकरण ३१ खर्ब २२ अर्ब ३७ करोड ३ लाख२८ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।