तेस्रो त्रैमाससम्म २३ करोड ४१ लाख लघु बीमाशुल्क संकलन

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा लघु निर्जीवन बीमकले १५ करोड ५३ लाख तथा लघु जीवन बीमकले ७ करोड ८८ लाख ५३ हजार रुपैयाँको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा चार ओटा लघु निर्जीवन बीमकले ६८ हजार ७७९ वटा बीमालेख जारी गरेर १५ करोड ५३ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका हुन् ।

नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै ३३ हजार ७०४ वटा बीमालेख जारी गरेर ६ करोड ६२ लाख ५० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिसम्म प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १५ हजार ६२३ वटा बीमालेख जारी गरेर ४ करोड ९८ लाख ३४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी तेस्रोमा रहेको छ स्टार माइक्रो इन्स्योरेन्स । यस कम्पनीले चालु आवको ९ महीना अवधिमा १६ हजार ६८६ वटा बीमालेख जारी गरेर ३ करोड २८ लाख ९९ हजार रुपैयाँ र सबैभन्दा कम ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ हजार ७६६ बीमालेख जारी गरेर ६३ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छ ।

चैत महीनामा मात्रै नेपाल माइक्रो इन्स्योरेन्सले ७४६१ ओटा बीमालेख बिक्रीबाट १ करोड ७१ लाख ५५ हजार रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ६४७३ ओटा बीमालेख बिक्रीबाट १ करोड ५० लाख ३३ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले ६७२१ ओटा बीमालेख बिक्रीबाट १ करोड ३४ लाख ३४ हजार रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २७६६ ओटा बीमालेख बिक्रीबाट ६३ लाख ५४ हजार रुपैयाँ संकलन गरेको प्राधिरकणको तथ्याङ्क छ ।

उता लघु जीवन बीमा कम्पनीमध्ये क्रेष्ट माइक्रोलाइफ इन्स्यारेन्सले सबैभन्दा धेरै १९ हजार ९१७ ओटा बीमालेख जारी गरेर ४ करोड ८१ लाख ५४ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस्तै गार्डियन माइक्रोलाइफ इन्स्यारेन्सले ११ हजार ४८१ ओटा बीमालेख बिक्रीबट २ करोड ४ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै सबैभन्दा कम प्रिमियम उठाएको लिवर्टी माइक्रोलाइफ इन्स्यारेन्सले २६१६ ओटा बीमलेख बिक्रीबाट १ करोड २ लाख १३ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

चैतमा मात्रै क्रेष्ट माइक्रोलाइफले ३८६४ ओटा बीमलेखबाट १ करोड २० लाख २ हजार, गार्डियन माइक्रोलाइफले २०७० ओटा बीमालेख बिक्रीबाट ४५ लाख ८६ हजार र लिवर्टी माइक्रोलाइफले ८२९ ओटा बीमालेख बेचेर ३२ लाख ७६ हजार रुपैयाँ प्रिमियमा रकम संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।