गुराँस लघुवित्तको साधारण सेयर बाँडफाँड, २३ हजार ३६३ आवेदकले पाए १० कित्ता


 

गुराँस लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको साधारण सेयरको बिहीबार वाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम भएको बाँडफाँवाट २३ हजार ३६३ आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका हुन ।

बै.शाख १६ गतेदेखि २ लाख ३३ हजार ६२५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । लघुवित्तको कर्मचारीतर्फको ५ कित्ता थप गरेर २ लाख ३३ हजार ६३० कित्ता शेयर गोलाप्रथाबाट २३ हजार ३६३ आवेदकलाई बाँडफाँड गरिएको हो ।

लघुवित्तको सेयर बाँडफाँड शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको हो । सर्वसाधारणमा निष्काशन गरिएको लघुवित्तको साधारण सेयरमा कूल तीन लाख २ हजार ३८ वटा आवेदनबाट २३.८० गुणा अधिक ५५ लाख ६० हजार ३४० कित्ता आवेदन परेको थियो ।

सो मध्ये ६४२ वटा आवेदनबाट परेको १४ हजार ८९० कित्ताको माग आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । तीन लाख एक हजार ३९६ वटा आवेदन सदर भएको थियो। सदर आवेदनबाट ५५ लाख ४५ हजार ४५० कित्ता शेयर माग भएको थियो ।

कूल सदर आवेदकको ७.७५ आवेदकले मात्र लघुवित्तको आईपिओ पाएका हुन् । दर आवेदकको ९२.२५ प्रतिशत अर्थात दुई लाख ७८ हजार ३३ जनाले लघुवित्तको आईपिओ भरेर पनि खाली हात परेका छन् ।
लघुवित्तले कूल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७० कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।