कृषि विकास बैंकद्धारा हेटौंडा सहिद पार्कलाई साढे ९ लाख सहयोग प्रदान

0
Shares

कृषि विकास बैंकले हेटौंडा स्थित शहिद स्मारक पार्कलाई ९ लाख ५० हजार सहयोग प्रदान गरेको छ ।

बैंकले सामाजिक सामुदायिक कार्यक्रम अन्तरगत उक्त पार्क भित्र पर्यटकहरुलाई सुचना प्रबाह गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सुचना केन्द्र (नमस्ते सेन्टर) का लागि उक्त सहयोग प्रदान गरेको हो।

भिजिट नेपाल २०२० सचिवालय र प्रदेश सरकारसँगको सहकार्यमा बैंकले ९ लाख ५० हजार सहयोग गरेको छ।

साथै बैंकले पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी सोही नमस्ते सेन्टर रहेको परिर्सरमा ए.टि.एम मेसिन समेत संचालनमा ल्याएको छ।