वित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण उच्च

0
Shares

सोमबार वित्त कम्पनीहरुको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। आइतबार १४.३३ अंकले बढेको नेप्से सोमबार स्थिर रहेपनि कम पुँजी भएका फाइनान्स कम्पनीको सेयर मूल्य भने आज उच्च वृद्धि भएको छ ।

सोमबार सर्वाधिक कारोबार हुने दश कम्पनीमा ७ ओटा फाइनान्स अटाउँदा सेयर मूल्य बढ्ने शीर्ष दशभित्र पनि ५ फाइनान्स कम्पनी छन् । धेरै फाइनान्स कम्पनीको वित्तीय अवस्था कमजोर नै रहेपनि पछिल्ला दिनमा कारोबारीहरुले फाइनान्स कम्पनीहरुको सेयर मूल्य तीब्र रुपमा उचालेका हुन् ।

सोमबार सबैजसो फाइनान्स कम्पनीको सेयर मूल्य बढेपछि वित्त उपसमुहगत सूचक ४.१७ प्रतिशतले बढेर २२२५.२६ बिन्दुमा पुगेका छ । यस्तै विकास बैंक १.६६, बैंकिङ्ग ०.२९ र म्युचुअल फन्ड ०.३८ प्रतिशतले बढेको छ । सोमबार अन्यको इन्डेक्स सर्वाधिक ०.८२ प्रतिशतले घटेको छ भने बाँकी आठ ओटाको सूचकमा पनि सामान्य गिरावट आएको छ।

सोमबार नेप्से ०.०७ अंकले बढेर १९८०.३४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.३२, फ्लोट इन्डेक्स ०.११ र सेन्सेटिभ फ्लोट ०.५७ प्रतिशतले बढेको छ । आज दिनभरमा दैनिक कारोबार रकम अघिल्लो दिनको तुलनामा २७ करोडले बढेर २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँ बराबरको सेयर कारोबार भयो । ३१७ कम्पनीका ७३ लाख ४१ हजार १७७ कित्ता सेयर ४६ हजार ५११ पटक खरिद बिक्री भएको हो ।

पोखरा फाइनान्सको सेयर सर्वाधिक वृद्धि हुँदै कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ७३१.५० रुपैयाँका दरले कम्पनीको १७ करोड ५४ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भयो । यस्तै नेपाल फाइनान्सको ५३८.७० रुपैयाँमा १४ करोड ७० लाख ४१ हजार, जानकी फाइनान्सको ५१७ रुपैयाँ दरले ९ करोड ३२ लाख ९४ हजार, गोर्खाज फाइनान्सको प्रतिकित्ता ७४५.१० दरले ९ करोड ८ लाख रुपैयाँ र मल्टिपर्पस फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यसदिन पोखरा फाइनान्स र जानकी फाइनान्सको लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले नाफा कमाएका छन् । यससँगै नेपाल फाइनान्सको ९.९८, गुराँस लघुवित्त ७.६१, सप्तकोशी डेभलपमेन्ट बैंक ६.९९, माण्डू हाइड्रोपावर ६.१७, ११% महालक्ष्मी डिबेञ्चर २०८९ को ६.१२, सिन्धु विकास बैंक ५.४८, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स ५.४२ र समृद्धि फाइनान्सको सेयर मूल्य ५.११ प्रतिशतले बढेको छ।

सोमबार पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ। कम्पनीको सेयर ६ प्रतिशतले घटेर ६२९.८० रुपैयाँमा झरेको हो । यस्तै इष्टर्न हाइड्रोपावरको ३.१८, मेन्छियम हाइड्रेपावर ३.२१, चिरख्वा हाइड्रोपावर ३.११ र नेको इन्स्योरेन्सको २.९५ प्रतिशतले मूल्य घटेको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ४० अर्ब ७ करोड ४६ लाख ९ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।