कृति भेन्चर फण्डले तोक्यो साधारण सभा र बुक क्लोज मिति


कृति भेन्चर फण्ड लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ८ गते, मङ्गलबार अपरान्ह ४ बजे, टिम कर्पोरेट सेन्टर, शक्ति विनायक मार्ग, गैरीगाँउ, काठमाण्डौंमा सभा बोलाएको हो ।

सभाले बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने, सर्वसाधारणलाई आइपीओ जारी गर्ने र उक्त प्रयोजनको लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृत गराउनको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा विषेश प्रस्ताव पारित गर्ने छ ।

यस्तै, सभाले वित्तीय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार बैशाख ३१ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।