मितेरी डेभलपमेन्ट बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । आवेदन दिन इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान–१२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादि काठमाण्डौंमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा अन्य व्यक्ति\संस्थाका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।