काठमाण्डौं महानगरपालिकाको राजस्व विभागले मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित यसअघि पनि विभिन्न मितिमा कर तिर्न पत्राचार गरेको भन्दै उक्त मनोरञ्जन व्यवसाय गर्नेहरुलाई ३५ दिनको समय दिएको हो ।
कर नतिर्नेमा ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी (डिस्को) लगायतका संस्था रहेका छन् । महानगरले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो ।
सोे अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनी समेत दिएको छ । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया