न्यादी हाईड्रोपावर १५ करोडभन्दा बढी नोक्सानीमा

0
Shares

न्यादी हाईड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ११ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानी ब्यहोरेको छ ।
गत आवको तेस्रो त्रैमाससम्म कम्पनी १५ करोड ८९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेकोमा केह्री्र सुधार भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रूपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड ४२ लाख रूपैयाँ ऋणात्मक छ । चैत मसान्तसम्ममा वार्षिक प्रति सेयर आम्दानी १३ रूपैयाँ ४४ पैसा रहेको कम्पनीको प्रति सेयर नेटवर्थ भने ६७ रूपैयाँ ५ पैसा छ ।

गत आर्थिक वर्षमा १९ करोड ७ लाख रूपैयाँभन्दा बढी खुद सञ्चालन नाफा भएकोमा यस वर्ष बढेर २० करोड ९८ लाख रूपैयाँभन्दा बढी यो नाफा भएको हो ।

कम्पनीले दिर्घकालिन कर्जा ४ अर्ब ४७ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने २५ करोड रूपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।