बिहीबार सुनको भाउ २ हजार रुपैयाँले बढेको छ । बुधबार २७ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार २ हजार रुपैयाँले बढेको हो ।
बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३१९ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर २८ पैसामा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया