साधना लघुवित्तको खुद नाफा ३६५.८६% ले बढ्यो, कस्ता छन् अन्य विवरण ?


साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफ ३६५.८६ प्रतिशतले बढेको छ ।

लघुवित्तले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६५.८६ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड १२ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २५.९० प्रतिशतले बढेर २१ करोड २४ लाख १८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३६५.८६ प्रतिशतले बढेर ८ करोड ७४ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार रहेको छ भने जगेडा कोषमा १८ करोड ३७ लाख ९८ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा पूँजी स्थिर रहेको छ भने जगेडा कोष १०७ प्रतिशत बढेको छ । लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ५८ लाखबाट घटेर ७ लाख ३५ हजारमा सीमित भएको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७७ पैसा बढेर २१ रुपैयाँ ३५ पैसा पुगेको छ। निष्क्रिय कर्जा ३.७७ प्रतिशतबाट बढेर ४.१० प्रतिशत पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।