बढ्यो अमेरिकी डलरको मूल्य, शुक्रबार कुन विदेशी मुद्राको भाउ कति ?


शुक्रबार अमेरिकी डलरको मूल्य बढेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भएको अमेरिकी डलरको भाउ शुक्रबार अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९७ पैसा र बिक्री दर ८७ रुपैयाँ ३६ पैसा रहेको छ ।

शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०३ पैसा र बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७४ पैसा छ ।

कुन विदेशी मुद्राको भाउ कति ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।