सेल्सवेरीको ३३ औं शाखा महाराजगंजमा, उत्कृष्ट शपिंग डेस्टीनेशन हुने विश्वास


सेल्सवेरीले महाराजगंज, काठमाडौंमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक भवनमा आफ्नो नयाँ शाखाको ग्राण्ड ओपनिङ गरेको छ । विगत १० वर्ष देखि सेल्सवेरी व्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यापार, व्यवसाय संचालन गर्दै आएको सेल्सबेरीले शुक्रबार नयाँ शाखाको भव्य सुरुवात गरेको हो ।

सन २०२६ सम्म १०० वटा शाखा विस्तार गरी दुई हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको यस सेल्सवेरीले आफनो व्यवसाय सँग–सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न क्रियाकलापहरु प्नि गर्दै आइरेको छ ।

सेल्सबेरीको ३३ औं शाखा रहेको अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्व स्तरीय रेष्टुरेण्ट सहित स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु उचित मुल्यमा उपलब्ध गरि ग्राहकवर्गहरुको विश्वास जित्नेमा यस कम्पनी विस्वस्त रहेको छ ।

उक्त अत्याधुनिक भवनमा भुई तल्ला देखि छैठौं तल्ला सम्म डिपार्टमेण्टल स्टोर संचालन हुनेछ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहनेछ । नवौं, दसौं तथा एघारौ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार संचालन हुनेछ ।

बाह्रौ तल्लामा स्वीमिंग पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर संचालन हुनेछ । उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाबाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले उक्त अत्याधुनिक भवनमा सेल्सवेरी व्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउंदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट शपिंग डेस्टीनेशन हुने विश्वास लिएको छ ।

महाराजगंज, काठमाडौंको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको भव्य सुरुवातको उपलक्ष्यमा कम्पनीले लक्की ड्र स्कीममार्फत बम्पर पुरस्कारको रुपमा ईलेक्ट्रिक कार तथा प्रथम पुरस्कार वापत स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरु समेत राखेको छ ।

यस्तै, सेल्सवेरीले आफ्नो अर्को शाखा कालिमाटी, काठमाडौंमा अवस्थित कालिमाटी ट्रेड सेन्टरमा पनि संचालन गरेको छ । कम्पनीले यसै आर्थिक वर्षको अन्त्य सम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु संचालन गर्न गई रहेको एवम् हरेक वर्ष सानो, मध्यम तथा ठुलो स्तरको १०/१५ वटा सम्म शाखा संचालन विस्तार गर्ने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।