नेप्सेमा पौने २३ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैशाख २१ गते शुक्रबार पौने २३ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागद्धारा निष्काशन भएका तीन ओटा ऋणपत्र शुक्रबार सूचीकृत भएको हो ।

स्टकका अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार बैशाख २० को निर्णयानुसारस्टक एक्सचेञ्जमा सूचीकरण गरिएको हो । शुक्रबार सात अर्ब रुपैयाँ बराबरको आठ वर्ष अवधिको नेपाल सरकारको विकास ऋणपत्र ‘२०८८ ज’, आठ अर्ब रुपैयाँ बराबरको वर्ष अवधिको ‘२०८८ झ’ र ६ वर्ष अवधिको ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र ‘२०८८ ड’ ऋणपत्र आज सूचीकृत भएको हो ।

केन्द्रीय बैंकले विकास ऋणपत्र ‘२०८८ ज’ को निष्कासन २०८० माघ २६ गते निष्कासन गरेको थियो भने २०८८ माघ २६ गते विकास ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी हुनेछ । यस विकास ऋणपत्रमा वार्षिक ५.९२ प्रतिशत ब्याजदर पाउनेछन् ।

यसैगरी विकास ऋणपत्र ‘२०८८ झ’ को निष्कासन २०८० फागुन ३० गते निष्कासन गरेको थियो भने २०८८ फागुन ३० गते विकास ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी हुनेछ । यस विकास ऋणपत्रमा वार्षिक ५.७४ प्रतिशत ब्याजदर पाउनेछन् ।

यस्तै विकास ऋणपत्र ‘२०८६ ड’ को निष्कासन २०८० चैत ९ गते निष्कासन गरेको थियो भने २०८६ चैत ९ गते विकास ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी हुनेछ । यस विकास ऋणपत्रमा वार्षिक ५.४८ प्रतिशत ब्याजदर पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।