महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी


पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा एक हजार आठ सय बोरा चिनी सडेको छ । भारतबाट अवैधरुपमा भित्र्याएको चिनी गुुण नियन्त्रण कार्यालय भैरहवाले खान अयोग्य रहेको भनेपछि लिलाम गर्न नमिल्दा एक करोड बराबरको चिनी भन्सारको गोदाममै सडेको हो ।

भन्सार कार्यालयका सुुचना अधिकारी मोहराज जैसीका अनुसार प्रहरीले अवैध रुपमा भित्र्याइएको कपडा, मोबाइलका पार्टस, हार्डवेयर, विभिन्न प्रकारका मोबाइल कभरसमेत भन्सार कार्यालयमा बुझाएको छ । उक्त सामान लिलाम गर्ने प्रक्रिया लामो हुँदा लिलाम गर्न ढिला भएको छ ।

“समान लिलामका लागि सूचना सार्वजनिक गर्दा व्यापारीहरुले सामानको मूल्य बढी भयो भन्दै लिलाम सकार गर्न नमानेपछि एक करोड मूल्य बराबरको समान गोदामभित्र सडिरहेको छ”, सुुचना अधिकारी जैसीले भने ।

उद्योग वाणिज्य सङ्घ र भन्सार कार्यालयले समानको बजार मूल्य तोकेका आधारमा बरामद गरिएका सामानहरुको मूल्य तोकेर सामानसहित कारबाहीका लागि प्रहरीले भन्सार कार्यालयमा बुुझाउने गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सुरक्षाकर्मीहरुले रातदिन सीमाक्षेत्रमा खटेर पक्राउ गरेका अवैध मालसामान भन्सार कार्यालयले समयमै लिलाम नगर्दा दुई करोड मूल्य बराबरको विभिन्न समान गोदाममै सडेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ वैशाख २०८१, शनिबार  १६ : ४४ बजे