समीट लघुवित्तको नाफा ४ करोड २८ लाख


समीट लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा एक करोड ४२ लाख रुपैयाँ अर्थात ५० प्रतिशतले धेरै हो । गत वर्ष लघुवित्तले दुई करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालु आवको सो अवधिमा लघुवित्तले ११ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको यसै अवधिको तुलनामा तीन करोड ६ लाख रुपैयाँले बढेको हो । गत आवको चैतमा लघुवित्तले ८ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

हाल चुक्ता पूँजी २१ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको सञ्चित कोषमा ८ करोड ८२ लाख रुपैयाँ छ । चैत मसान्तमा ७३ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ६५ करोड ५० लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था माफर्त ऋण लिएर एक अर्ब ६० करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चैतसम्ममा लघुवित्तको निष्कृय कर्जा अनुपात १.९५ प्रतिशत छ भने प्रतिशेयर आम्दानी २० रुपैयाँ ४० पैसा छ । हाल प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ४ पैसा रहेको संस्थाको मूल्य आम्दानी अनुपात ३१.३७ गुणा छ ।