साधना लघुवित्तको नाफा ३६५ प्रतिशतले बढ्यो

0
Shares

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३६५.८५ प्रतिशतले बढेको छ। चैत मसान्तस्म्म कम्पनीले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ करोड ३१ लाख ४१ हजार रहेको कम्पनीको ब्याज आम्दानी सहित आम्दानीका स्रोत बढेर इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफामा उच्च बढोत्तरी भएको हो । संस्थाको वितरणयोग्य मुनाफा २ करोड १९ लाख ५८ हजार रुपैयाँ छ ।  चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी २५.९० प्रतिशतले बढेर २१ करोड २४ लाख १८ हजार रुपैयाँ पुगेको छ । यस्तै फि कमिसन आय २१ प्रतिशतले बढेर २६ करोड ३८ लाख ६५ हजार आम्दानी गरेको छ।

तेस्रो त्रैमाससम्म लघुवित्तले १ अर्ब २८ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर १ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंक तथा वित्तीय स.स्थाबाट लिएको सापटी रकम पनि ३ अर्ब ४० करोड ४ लाख रुपैयाँबाट ३ अर्ब ७२ करोड ११ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको कर्जा लगानी समेत ८.७६ प्रतिशतले बढेर ५ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्त संस्थाको खुद सञ्चालन आम्दानी पनि ३६.८५ प्रतिशतले बढेर २६ करोड २८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १२ करोड १२ लाख र अन्य सञ्चालनका लागि ४ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ ।

अघिल्लो चैत मसान्तसम्ममा २ करोड ५८ लाख १५ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि रकम छुट्टाएको संस्थाले हाल ७२ लाख ३१ हजार रुपैयाँ छुट्टाएको छ। चैतसम्म लघुवित्तको खराब कर्जा अनुपात ३.७७ प्रतिशत बिन्दुबाट बढेर ४.१० प्रतिशत कायम भएको छ ।

चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ७८ लाख ६२ हजार र जगेडा कोषमा १७ करोड ५९ लाख ३६ हजार रुपैयाँ रहेको छ । नाफासँगै लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) पनि समीक्षा अवधिसम्म १६.७७ रुपैयाँ बढेर २१.३५ रुपैयाँ कायम भएको छ ।

यस अवधिसम्म प्रतिसेयर नेटवर्थ १४८.०८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२३.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.४२ गुणा छ ।लघुवित्तको कस्ट अफ फन्ड ९.९० प्रतिशत, आधारदर १४.५७ प्रतिशत र स्प्रेडदर ५.०८ प्रतिशत छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।