सुनको भाउ सामान्य बढ्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?


साताको दोस्रो कारोबार दिन आज सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको भाउ १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य हजार ६४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३०८ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर ८५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।