महिला लघुवित्तको नाफा सहित अधिकांश सूचकमा खराब प्रदर्शन

0
Shares

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा अधिकांश सूचकम खराब प्रदर्शन गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा, प्रतिसेयर आम्दानी लगायतका सूचक घटेका हुन् ।

सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा २३.२६ प्रतिशले घटेको छ । चैत मसान्तसम्म कम्पनीले ४ करोड २ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड २४ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा २३.२६% ले घटेको हो । कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ६४ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार ५०० रुपैयाँ, रिटेन्ड अर्निङमा ४ करोड ३० लाख २३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार १७ करोड ८५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५८ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन तथा ३अर्ब ३ करोड १० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ४ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबर कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २० करोड ५ लाखबाट ४३.४७ प्रतिशत घटेर ११ करोड ६३ लाख रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ६८ पैसा, प्रति सेयर नेटवर्थ २०१ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात ७०.४५ गुणा छ ।

लघुवित्तको खुद फी तथा कमिशन आय १९.७७ प्रतिशतले बढेर ६ करोड २२ लाख २५ हजार रुपैयाँ पुग्दा सञ्चालन मुनाफा २३.२६ प्रतिशतले घटेर ५ करोड ७५ लाख ३९ हजार रुपैयाँ कायम भएको छ।

खराब कर्जामा उच्च सुधार गरेसँगै कम्पनीले इम्पेरमेन्ट चार्ज वापत राखेको ३ करोड ५६ लाख ७० हजार रुपैयाँ फिर्ता भएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको कर्मचारीमा खर्च ४.८६ प्रतिशतले बढेर १३ करोड २० लाख ७१ हजार पुगेको छ । यस्तै अन्य सञ्चालन खर्च पनि ४ लाख बढेर २ करोड १२ लाख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।