महुली लघुवित्तको नाफा १३८ प्रतिशत बढ्यो

0
Shares

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १३८.१४ प्रतिशतले बढेको छ। कम्पनीले चैत मसान्तसमममा ३ करोड २२ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ३५ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ६० करोड २४ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ३२ करोड ६ लाख १ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । यस्तै लघुवित्तले ४ अर्ब ४७ करोड ४५ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ अर्ब ९१ करोड ४६ लाख कर्जा प्रवाह गर्दा १ १ अर्ब ६० करोड ११ लाख निक्षेप संकलन गरी १ अर्ब ९८ करोड ६८ लाख सापटी लिएको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १९ करोड ४० लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ६.०२ प्रतिशत कम हो । यस्तै फि कमिसन आय पनि ४ करोड ८९ लाखबाट घटेर ४ करोड २० लाखमा संक्चित बनेको छ । सम्भावित खराब कर्जा वापतको व्यवस्थापक रकम घट्दा यस वर्ष सञ्चालन नाफा गत वर्षभन्दा १३८.१४ प्रतिशतले बढेर ४ करोड ६१ लाख २१ हजार कायम भएको छ ।

गत वर्ष ७ दशमलव ७८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ९० प्रतिशत सुधारिएको छ । गत वर्ष ९ करोड ६ लाख ३० रुपैयाँ खराब कर्जा उठाएको कम्पनीले यस वर्ष ३ करोड ४१ लाख ३१ हजार रुपैयाँ खराब कर्जा उठाएको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी वार्षिक १३ रुपैयाँ ३५ पैसा, र प्रति सेयर नेटवर्थ १९७ दशमलव ४३ रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार रुपैयाँ रहँदा जगेडा कोष रकम १३.६७ प्रतिशत बढी ३० करोड २८ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।