करको दायरा परिवर्तन पारदर्शी हुनेछ : अर्थमन्त्री


अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने जनाएका छन् । सोमबार आयोजित कार्यक्रममा आर्थिक बहस कार्यक्रममा मन्त्री पुनले सरकारले राजस्व परामर्श समितिको सिफारिस र सरोकारवाको सुझावका आधारमा पारदर्शी रूपमा करको दायरा हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विदेश जानेको सङ्ख्या घटेको र गएकालाई फर्काउन प्रयास भइरहेको बताए । विदेश गएकाबाट ज्ञान, सीप र पुँजी हस्तान्तरणको प्रक्रिया जारी रहेको बताउँदै उनले सूचना प्रविधिका क्षेत्रमा यस्को राम्रो उदाहरण देखिएको उल्लेख गरे ।

उनले आगामी बजेटमा जनतामा आशा जगाउने र युवालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । बहसमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाललगायत सहभागी थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।