सर्वोत्तम सिमेन्टको नाफा बढ्यो, बिक्री आम्दानी ४ अर्ब ५५ करोड


सर्वोत्तम सिमेन्ट लिमिटेडको खुद नाफा ३२.०३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्ष कम्पनीले ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो । 

कम्पनीको कुल खर्च ४.७६ प्रतिशत बढेर ५२ करोड २८ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४९ करोड ९० लाख ८५ हजार रुपैयाँ कुल खर्च भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा कम्पनीको आम्दानी ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा ३६ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ४ अर्ब ९० करोड ४९ लाख रुपैयाँ रहेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ पैसा बढेर ३ रुपैयाँ ४६ पैसा पुगेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।