उपकार लघुवित्तको खुद नाफा ७३ लाख, मूल्य आम्दानी अनुपात १२३ गुणा

0
Shares

उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमाससम्ममा ७२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा १५ लाख २६ हजार रहेकोमा ३७८.२४ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १० रुपैयाँ ९१ पैसा कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ २० पैसा र कस्ट अफ फन्ड ९.९० प्रतिशत । सार्वजनिक वित्तीय विवरण अनुसार हाल उपकारको चुक्ता पुँजी १० करोड ४१ लाख ६८ हजार रुपैयाँ छ । जगेडा कोषमा १४ करोड २ लाख ७७ हजार रुपैयाँ जम्मा भएको छ ।

संस्थाले तेस्रो त्रैमाससम्म १ अर्ब १६ करोड निक्षेप र ७१ करोड ८५ लाख रुपैयाँ सापट लिएर २ अर्ब १६ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ४१ लाख ६९ हजार रुपैयाँ र सञ्चालन नाफा ८५ लाख ३० हजार छ । गत आवको सोही अवधिमा खुद ब्याज आम्दानी ८ करोड ९५ लाख ३५ हजार रुपैयाँ कायम हुँदा सञ्चालन नाफा भने ४५ लाख ११ हजार रुपैयाँ ऋणात्मक थियो ।

अघिल्लो आवको ७१ लाख बढी खराब कर्जा उठाएको कम्पनीले हाल ३१ लाख रुपैयाँ मात्र खराब कर्जा असुलेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात घटेर १.५३ प्रतिशत छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात १२३.३८ गुणा कायम हुँदा चैत मसान्तसम्ममा कम्पनीको सेयर अन्तिम पटक १३४५रुपैयाँ २० पैसामा कारोबार भएको थियो । आम्दानीको हिसाबले कम्पनीको सेयर मूल्य उच्च हो । सेयर बजारमा २० गुणा मूल्य आम्दानी अनुपात भएका कम्पनीलाई लगानीका लागि कम जोखिम हुने चित्रण गरिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।