भगवती हाइड्रोपावरको नाफा बढ्यो, १४.७७ रुपैयाँ इपिएस कायम

0
Shares

भगवती हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म ६ करोड ३३ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ५ करोड ७२ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत उत्पादनबाट १२ करोड ६० लाख ७४ हजार रुपैयाँ खुद आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ११ करोड ९९ लाख ४६ हजार रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रहेको छ भने जगेडा कोषमा ११ करोड ६७ लाख ३५ हजार रुपैयाँ र प्रिमियममा आईपीओ जारी गरेको कम्पनीको प्रिमियममा २ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १५ रुपैयाँ ७५ पैसा छ । यस्तै प्रति सेयर नेटवर्थ १२४ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ३८.४१ गुणा छ । कम्पनीको अन्तिम मूल्य ६०५ रुपैयाँ छ ।

कम्पनीले दीर्घकालीन ऋण तिरिसकेको छ । जसले न्यून वित्तीय खर्च भएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ६५ लाख रुपैयाँ वित्तीय खर्च गरेकोमा अहिले ५ लाख रुपैयाँ मात्र खर्च गरेको छ । यसले हाइड्रोको नाफामा वृद्धि भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।