भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्यूआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

0
Shares

सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ।

यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र यूपिआई मार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको छ ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।