हिमालयन लाइफको खुद नाफा घट्यो, जीवन बीमा कोषको आकार ६२ अर्ब धेरै

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा खुद नाफा ७.९९ प्रतिशतले घटेर ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले १२ अर्ब २ करोड ३० लाख ५५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ९ करोड ४ लाख ५४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । खुद बीमा शुल्क आर्जन ८.४१ प्रतिशतले वृद्धि भएको हो । चैत्र मसान्तसम्ममा कम्पनीले ८.६२ प्रतिशतले कुल बीमा शुल्क संकलन बढाएर १२ अर्ब ३३ करोड १३ लाख ३८ हजार रुपैयाँ उठाएको छ ।

चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रहेको कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ १७ पैसाबाट घटेर ७ रुपैयाँ २४ पैसा रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २५ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९४९रुपैयाँ४ पैसा र मूल्य आम्दानी अनुपात ५४.६४ गुणा कायम भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको सल्भेन्सी रेसियो १.६६ रहेको छ ।

कम्पनीले चैतसम्म बीमाकोषको आकार १८.५७ प्रतिशतले वृद्धि हुँदै ६१ अर्ब ८० करोड २९ लाख रुपैयाँ जम्मा गरेको छ । यस्तै रिटेण्ड अर्निङ्गमा १ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४१ करोड ६२ लाख रुपैयाँ र अन्य इक्वीटीमा १९ करोड ९२ लाख रुपैयाँ छ ।

चैतसम्म कम्पनीले पुनर्बीमा मार्फत ३० करोड ८२ लाख रुपैयाँ र अभिकर्ता कमिशन मार्फत ९९ करोड ८१ लाख ३२ हजार रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा कमिसनमा २६ करोड २६ लाख रुपैयाँ र अभिकर्ता कमिशनमा १ अर्ब ६ करोड ५६ लाख ४७ हजार रुपैयाँ खर्चिएको थियो । यस अवधिमा कम्पनीले १३ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ४ अर्ब ५६ करोड १९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

तेस्रो त्रैमाससम्म इन्स्योरेन्सको कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड ६३ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा १५ अर्ब १५ करोड ८९ लाख ३९ हजार रुपैयाँ रहेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आम्दानी १४.१० प्रतिशतले बढाएर चैत मसान्तसम्ममा ४ अर्ब १२ करोड ६३ लाख रुपैयाँ कमाई गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ३६ लाख रुपैयाँ र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४८ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

तेस्रो त्रैमासिकसम्ममा इन्स्योरेन्सको कुल खर्च १०.७२ प्रतिशतले बढेर १६ अर्ब २६ करोड ९ लाख १ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा १४ अर्ब ६८ करोड ५७ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्सको लगानी तेस्रो त्रैमाससम्ममा १५.९१ प्रतिशतले बढेर ६१ अर्ब ३४ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा ५२ अर्ब ९२ करोड ४८ लाख २० हजार रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।