बीरगञ्जमा खुल्यो नयाँ एनसेल सेन्टर, सबै सेवा दिने


एनसेल आजियाटा लिमिटेडले ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदानगर्नका लागि बीरगञ्जमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

बीरगञ्जस्थित घन्टाघरमा सञ्चालनमा आएको नयाँ सेन्टरको एक कार्यक्रमका बिच एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले बिहीबार उद्घाटन गरेका हुन् । यो सेन्टरबाट ग्राहकहरुले एनसेलका सबै किसिमका सेवा प्राप्त गर्न सक्छन् ।

नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने विज्ञप्तिमा उल्लेख छ । सेन्टरबाट सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका सेवाहरु उपलब्ध हुने एनसेलले जनाएको छ ।

“सधैं हामीले गर्ने सबै कार्यहरुमा हामी हाम्रा ग्राहकहरुलाई केन्द्र राख्छौं र ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत रही उच्च ग्राहक अनुभव प्रदान गर्दै हाम्रा ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्न पाएकोमा हामी खुसी छौं,” रोड्रिगेजले भने, ‚वीरगन्जमा यो नयाँ एनसेल सेन्टरको उद्घाटन तथा संचालनले हाम्रा ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनःपुष्टि गर्दछ ।”

नयाँ सेन्टरको उद्घाटनको अवसरमा सो सेन्टरबाट १०० वा सोभन्दा बढि रकमको ब्यालेन्स रिचार्ज गर्ने हरेक ग्राहकलाई एनसेलका विभिन्न उपहार प्रदान गरिएको थियो ।

आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले माइस्थान वीरगञ्जमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।