प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा मर्जर सिनर्जी, खुद नाफा २६ करोड ८९ लाख धेरै

0
Shares

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफामा मर्जरको सकारात्मक प्रभाव देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३८.७५ प्रतिशत बढेर २६ करोड ८९ लाख २० हजार रुपैयाँ पुगेको छ ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्स कम्पनीले १९ करोड ३८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

मर्जरपछि चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको इन्स्योरेन्सको प्रति सेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा घटेर ८ रुपैयाँ ३५ पैसामा झरेको छ । इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात ६१.३१ गुणा छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार ९ अर्ब २३ करोड ७७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ३२ करोड १९ लाख रुपैयाँ सञ्चिती रहेकामा २६.१७ प्रतिशतले बढेको हो । कम्पनीको सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७५ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोष र रिटेन्ड अर्निङको आकार क्रमशः १८.१२ प्रतिशत र ५०.२८ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १०२.८४ प्रतिशत बढेर २ अर्ब ९६ करोड ४० लाख १७ हजार रुपैयाँ पुगेको छ ।  समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १०९.०५ प्रतिशत बढेर ३ अर्ब ८९ करोड ५७ लाख ५हजार पुगको छ । यस्तै खर्च कुल खर्च ११७.२१ प्रतिशत बढेर ३ अर्ब ६२ करोड ६७ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्स्को खुद दाबी भुक्तानी १४०.२६ प्रतिशत बढेर २ अर्ब ७८ करोड ३७ लाख ८७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९९.५३ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ६ करोड ४० लाख १७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै चैतसम्म कुल ९० करोड ९ लाख १२ हजार कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले कमिसन वापत ३३ करोड ५० लाख ७६ हजार खर्चिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५८.८४% धेरै हो । कम्पनीको कुल लगानी गत चैतको तुलनामा २५.७९ प्रतिशतले बढेर १३ अर्ब ४ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भई २०८० असार २९ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।