नेपाल एसबिआई बैंकले ल्यायो वैदेशिक रोजगारीमा जाने श्रमिक लक्षित कर्जा योजना

0
Shares

नेपाल एसबिआई बैंकले प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र तिनका परिवारलाई लक्षित गरी वचत तथा कर्जा सूविधा ल्याएको छ।

उक्त सूविधा नेपाल एसबिआई बैंकका ४ शाखाः बर्दिबास, जनकपर, लाहान र मिर्चैयामा उपलब्ध हुने बैंकले जनाएको छ। उक्त योजनाको उद्धघाटनमा प्रदेश २ का मूख्यमन्त्री मोहमद लालबाबू राउतले ग्राहकहरुलाई कर्जा स्वीकृती पत्र हस्तान्तरण गरे ।

बैंकले प्रदेश २ सरकार र डिएफआइडि/यूकेएड सीपको सहकार्यमा प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक तथा तिनका परिवारलाई विभिन्न बैंकिङ सूविधा प्रदान गरिरहेको छ ।

बैंकले हाल ८८ शाखा र १९ विस्तारित काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।