प्रभु इन्स्योरेन्सको नाफा ३९ करोड माथि, २३७ प्रतिशतले बढ्यो

0
Shares

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा खुद नाफा २३७.१८ प्रतिशतले वृद्धि गरेको छ । साथै कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ११ करोड ६१ लाख १ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रति सेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा बढेर ३७ रुपैयाँ ९३ रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ २२४ रुपैयाँ ६७ पैसा छ र मूल्य आम्दानी अनुपात २०.९६ गुणा छ । यस्तै रिटेन्ड अर्निङमा २४ करोड २० लाख ४१ हजार रुपैयाँ र र अन्य इक्विटीमा १२ करोड ३९ लाख १७ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको महाविपत्ति कोषमा १० करोड ३४ लाख ५० हजार रूपैयाँ रहेको छ ।

इन्स्योरेन्स कम्पनीले २ अर्ब ५२ कराेड रूपैयाँ लगानी गरी लगानी तथा कर्जा सापटबाट ७ करोड ८४ लाख रुपैयाँबाट ४८.३० प्रतिशत वृद्धि गर्दै ११ करोड ६३ लाख ६१ हजार रुपैयाँ कमाएको छ । साथै चैतसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क आम्दानी २१.५४ प्रतिशतले बढेर ४६ करोड ४३ लाख ७० हजार रुपैयाँ संकलन गरेको छ । गत वर्षको चैतसम्ममा खुद बीमाशुल्क ३८ करोड २० लाख ८७ हजार रुपैयाँ थियो । कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, कम्पनीले १ अर्ब ११ करोड ९६ लाख ६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ७१ लाख ८५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिसनमा ६५ करोड ५२ लाख ३६ हजार रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुनर्बीमामा ६० करोड ५० लाख ९७ हजार रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले अभिकर्ता कमिसनमा ४ करोड २७ लाख ४३ हजार रुपैयाँ खर्चिएकोमा चालु आवमा भने २ करोड ७६ लाख ८ हजार रुपैयाँ खर्चिएको छ ।

कम्पनीले चैतसम्म कुल आय ८७.२४ प्रतिशतले बढेर १ अर्ब ९ करोड २९ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै कुल खर्च पनि २७.७३ प्रतिशतले बढेर ५३ करोड ३७ लाख ३ हजार रुपैयाँ पुगेको छ । चैतसम्म कम्पनीले कुल ३२ करोड ५७ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

प्रभु इन्स्योरेन्सले नियामक बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्न हकप्रदको बाटो समातेको छ । कम्पनीले १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँबाट गत आवको नाफाबाट प्रस्ताव भई बैशाख २० गते सम्पन्न भएको २८ औं वार्षिक साधारण सभाबाट पारित ४.७५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजी ५०.१५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।