नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ६० करोड


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०\८१ को नौ महीना अवधिमा ६० करोड ३ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत वर्षको यसै अवधिको तुलनामा २२.२१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा ४९ करोड १२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद नाफासँगै बीमा शुल्कसँगै इन्स्योरेन्सको पनि बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २९ अर्ब १२ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले लगानी तथा कर्जाबाट १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ९.६५ प्रतिशतले धेरै हो । गत वर्ष यसले ९ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी भने १३.०५ प्रतिशतले घटेर १० अर्ब ४० करोड रुपैयाँमा झरेको छ । गत वर्ष ११ अर्ब ९६ करोड थियो ।

कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ भने शेयर प्रिमियममा ४ करोड ३८ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस्तै, रिटेन्ड अर्निङ्गमा २ अर्ब २९ करोड ८ लाख ५२ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा १ अर्ब ११ करोड ७५ लाख रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड १२ लाख १३ हजार रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहेको थियो । प्रतिसेयर नेटवर्थ भने १४८ रुपैयाँ ६५ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।