राष्ट्रपतिका सल्लाहकार नेपालको राजीनामा स्वीकृत

0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ ।

नेपालले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन ।

एक सयको नेपाली नोटमा नेपालको चुच्चे नक्सा छाप्ने सरकारको निर्णयप्रति असहमति जनाएर विवादमा आएपछि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिकविज्ञ चिरञ्जिवी नेपालले राजीनामा दिएका हुन।

“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा नेपालले आफ्नो पदमा रही पु¥याउनुभएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।