मुक्तिनाथ कृषिको व्यापार शतप्रतिशतभन्दा बढीले वृद्धि हुँदा नाफामा आकर्षक सुधार

0
Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ब्यापार शतप्रतिशतभन्दा बढीले बढेपछि कम्पनीको मुनाफामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आकर्षक सुधार आएको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ३७ करोड ६१ लाख ३५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्ष कम्पनीले १७ करोड ८५ लाख ७५ हजार रुपैयाँको व्यापार गरेको थियो । समीक्षा अवधिमा कम्पनीको ब्यापार ११०.६३ प्रतिशत बढेको हो ।
व्यापार बढेसँगै नाफामा सुधार आएको छ । २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा २ करोड ९९ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको मुक्तिनाथ कृषिको नाफा बढेसँगै गत आवको यसै अवधिमा ५ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५ पैसा कायम भएको छ ।यस्तै अन्य इक्विटी ४ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहँदा कम्पनीको प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा ६ रुपैयाँभन्दा बढीले घटेदै ९३ रुपैयाँ ७५ पैसामा सीमित बनेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २३३ प्रतिशतले बढेर ११ करोड ३ लाख ९ हजार रुपैयाँ पुग्दा अन्य आम्दानी १५७ प्रतिशतले बढेर २६ लाख ११ हजार रुपैयाँ पुगेको छ। यस्तै वित्तीय खर्च १७.७४ प्रतिशत बढेर ८५ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

मुक्तिनाथ कृषि मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।