अपि पावरले ९ महीनामा बेच्यो साढे ९५ करोडको बिजुली, नाफा कति ?

0
Shares

अपि पावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९५ करोड १८ लाख ५१ हजार रुपैयाँ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिमा ३६ करोड ९५ लाख ५ हजार रुपैयाँमा सिमित थियो । बिद्युत बिक्री आम्दानीमा आएको १५७ प्रतिशतको वृद्धिसंगै कम्पनीको आय उच्च बढेको छ ।

विद्युत बिक्री आय बढेसँगै कम्पनीको कुल आय ३१ करोड २२ लाखबाट वृद्धि भई ८३ करोड १८ लाख ७२ हजार पुगेको छ । यस्तै अन्य आय १२ लाख ९५ हजार छ ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय खर्च बढेपछि नाफामा भने ५५ करोड रुपैयाँ गिरावट आएको छ । चैतसम्म कम्पनीले ४ करोड ४८ लाख ३ हजार रहेको छ । गत आवको सोही अवधिमा ५ करोड ३ लाख २ हजार थियो । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १४ करोड १८ लाखबाट बढेर ४६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यस्तै प्रशासनिक खर्च १ करोड १९ लाखबाट ३ करोड ७ लाख र ह्राटकट्टी १० करोड ८० लाखबाट बढेर २८ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले लगानीमा फेयर भ्यालु गेन वापत १३ करोड ९५ लाख आय देखाउँदा कम्प्रिहेन्सिभ इन्कम भने २६६.३८ प्रतिशतले बढेर १८ करोड ४३ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर ४ रुपैयाँ २५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ २० पैसा रहेको छ । यस्तै यस अवधिमा कम्पनीको अन्य इक्वीटी ४ करोड ९७ लाखबाट घटेर ३ करोडमा संकुचित बनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।