चन्द्रागिरी हिल्सको नाफा पौने ११ करोड, ३८.८२ प्रतिशत बढ्यो

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ७७ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ३८.८२ प्रतिशत वृद्धि भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको सञ्चालन आम्दानी ६२ करोड ९० लाख २२ हजार रहेकोमा १०.८७ प्रतिशतले बढेर ६९ करोड ७३ लाख ७२ हजार पुगेको छ । यस्तै कुल आम्दानी ३३.४२ प्रतिशत बढेर ६० करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने कुल खर्च २३.६१ प्रतिशत बढेर २१ करोड ७३ लाख ५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी समीक्षा अवधिमा ९६.९४ प्रतिशत बढेर ८६ लाख ८३ हजार कायम भएको छ । कम्पनीको सावधिक कर्जाको किस्ता तथा सोको ब्याज तोकिएको समयमा भुक्तानी गरिदै आएको छ ।

चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष १२ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी२ रुपैयाँ ६२ पैसा बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ९२ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ८६.१४ गुणा रहेको छ ।

अहिलेको प्रतिस्पर्धी पर्यटन बजारमा यस चन्द्रागिरि हिल्सको मनोरम र अद्वितीय प्राकृतिक वातावरण तथा चन्द्रागिरि हिल्सले उपलब्ध गराएका पर्यटकिय उपजहरुको समुचित उपयोग, ग्राहक केन्द्रित उत्कृष्ट सेवा प्रदान, अनावश्यक खर्च नियन्त्रण गर्दै कम्पनीको आम्दानीमा उल्लेख्य सुधार गर्ने रणनीतिमा रहेको छ ।  यसका साथै विश्व माझ कम्पनीको प्रचार प्रसार तथा कम्पनीको रिसोर्टमा आउन चाहने पर्यटकहरुकालागि सहजतालाई दृष्टिगत गर्दै कोठाहरुको अनलाइन बुकिंग तथा केवलकार टिकट खरिद सेवालाई थप सहज बनाईएको छ ।

साथै कम्पनीबाट आन्तरिक पर्यटकहरुका लागि पनि समय समयमा विशेष छुट सहितको प्याकेजहरु प्रदान गरिँदै आएको छ । यसबाट आन्तरिक पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरेको छ । कम्पनी केवलकार सेवालाई शतप्रतिशत सुरक्षित रुपमा सञ्चालन गर्न अपनाउनु पर्ने सुरक्षाका संयन्त्रहरु तथा उपकरणहरुको प्रयोगमा कुनै किमिसको सम्झौता नगरिएको बताइएको छ ।

आपतकालीन अवस्थाका उद्दारका विधिहरु तथा प्रविधिहरुको प्रयोगको आदन प्रदान गर्ने रणनितिक साझेदारीमा नेपाल सरकार अन्र्तगतका सुरक्षा निकायहरुसंगको सहकार्यलाई निरन्तता दिँदै फाल्गुन महिनामा सशस्त्र प्रहरी बलसंग संयुक्त रुपमा आपतकालीन केवलकार उद्दारको तालिम सफलतका साथ सम्पन्न गरियो । यसबाट कम्पनीको उद्दार कार्यमा कार्यरत कर्मचारीहरु तथा ससस्त्र प्रहरी बलका कर्मचारीहरु सबैमा थप आत्मविश्वास पैदा भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।