युनाइटेड मोदी हाइड्रोपावरको नाफा २ करोड, विद्युत बिक्री आम्दानी घटेपनि बढ्यो नाफा

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्म १ करोड ९९ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १ करोड ३ लाख २९ हजार रुपैयाँ रहेकोमा ९३.१० प्रतिशतले बढेको हो ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफा भने बढेको छ । समीक्षा अवधिमा १.८९ प्रतिशत घटेर २१ करोड ८७ लाख ५ हजार रुपैयाँ कायम भएको छ। सञ्चालन नाफा १.८६ प्रतिशत घटेर २० करोड ६३ लाख १२ हजारमा झरेको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ९५.३९ प्रतिशत घटेर १ लाख ९ हजार र वित्तीय खर्च ११.९७ प्रतिशत घटेर ८ करोड २ लाख १३ हजार कायम भएको छ ।

चुक्ता पुँजी ७ प्रतिशतले बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष ५०.५९ प्रतिशतले घटेर ५ करोड ३ लाख रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी ९६ पैसा बढेर २ रुपैयाँ १६ पैसा पुगेको छ । चैतको अन्त्यसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १०४ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात १०७.९१ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।