शिवम् सिमेन्ट्सको नाफा ६२% घट्यो, इपीएस ५ रुपैयाँमा झर्यो

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा ६१.९४ प्रतिशत घटेको छ । चैत मसान्तसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड ६७ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सिमेन्ट बिक्री आय ९.८९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेकोमा हाल ५ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ ।

कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेपनि कुल नाफा २३.६४ प्रतिशत घटेको छ । आम्दानी बढेको भएपनि यो वर्ष बिक्री खर्च बढ्दा कुल नाफा भने घटेको हो । चैतसम्म कुल नाफा १ अर्बबाट घटेर ७६ करोड ३७ लाख ४६ हजारमा संकुचित बनेको छ । साथै अन्य आम्दानी ४९.०१ प्रतिशत घटर १७ करोड ३४ लाख ७७ हजार मात्र आय भएको छ भने कम्पनीको कुल खर्च पनि समीक्षा अवधिमा ६.८४ प्रतिशत घटेर ७१ करोड २ लाख ८६ हजार कायम भएको छ ।

चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ सिवम्सिमेन्टको जगेडा कोषमा ४ अर्ब ४३ करोड ३४ लाख ५७ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा पुँजी १४.२५ प्रतिशतले बढेको जगेडा कोष ८.१० प्रतिशतले घटेको हो । नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ८५ पैसा घटेर ५ रुपैयाँ ४२ पैसामा झरेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ९४.४६ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।