भुक्तानी सेवा प्रदायक इ-नेट पेमेन्टको अनुमतिपत्र खारेज

0
Shares

नेपाल राष्ट्र बैंकले इ-नेट पेमेन्ट प्रा.लि. को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी अनुमतिपत्र प्राप्त इ-नेट पेमेन्ट प्रा.लि. ले बैंकको निर्देशनको परिपालना नगरेको भन्दै अनुमतिपत्र खारेज गरेको हो ।

इ-नेट पेमेन्ट प्रा.लि. ले २०७६ फागुन २१ मा राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी अनुमतिपत्र पाएको थियो ।

केन्द्रीय बैंकको निर्देशनको परिपालना नगरेपछि भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ ।

संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिन देखि लागू हुने गरी खारेज गरिएको राष्ट्र बैंकको भनाई छ ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले आग्रह गरको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।