एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

0
Shares

“एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत एनआईसी एशिया बैंक र क्यापिटलमा निःशुल्क हितग्रही (डिम्याट) खाता खोल्न सकिने भएको छ ।

अफर अन्तर्गत जेठ १ देखि असार मसान्त सम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ । क्यापिटलले विगत लामो समय देखि योजना सञ्चालन गरी एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

उक्त “एक नेपाली, एक डिम्याट खाता” अभियान मार्फत देशको दूर दराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गर्दै आइरहेकाे छ ।

क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा “लाईनमा होईन अनलाईनमा” मा भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईन मार्फत लिनमिल्ने व्यवस्था मिलाइएको भन्दै क्यापिटलको वेवसाइट मार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न सकिने बताएको छ । थप जानकारी क्यापिटलमा सम्पर्क गरी लिन सकिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।