हिमाल दोलखा हाइड्रोको आउने भयो ७८ करोडको आईपिओ

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७८ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७८ लाख कित्ता आइपिओ बिक्री गर्न अनुमति दिएको हो।

बोर्डले आयोजना प्रभावितका लागि १६ करोड र सर्वसाधारणका लागि ६२ करोड रुपैयाँ गरी कूल ७८ करोडको सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो।

कम्पनीले कूल पूँजीको ४८.७५ प्रतिशत आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्ता पूँजी १ अर्ब ६९ करोड रुपैयाँ छ । आइपिओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

उक्त आइपिओको निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।