सवारी कर्जाको जोखिम भार सहित सक्रिय कर्जाको प्रोभिजनिङ घट्यो


नेपाल राष्ट्र बैंकले सवारी कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रीक नीतिको तेस्रो त्रैमासीक समीक्षा सार्वजनिक गर्दै सवारी कर्जाको जोखिम भार घटाएको हो ।  केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत सवारी कर्जाको जोखिम भार १०० प्रतिशतमा झारेको हो । यसभन्दा अघि सवारी कर्जाको जोखिम भार १२५ प्रतिशत थियो ।

त्यसैगरी केन्द्रीय बैंकले सक्रिय कर्जाको नोक्सानी व्यवस्था समेत १.२ प्रतिशतमा झारेको छ । यसभन्दा अघि सक्रिय कर्जाको १.२५ प्रतिशत कर्जा नोक्सानी गर्नु पर्ने ब्यवस्था थियो । केन्द्रीय बैंकले नीतिगत दरहरुमा भने कुनै परिर्वन नगरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत विषेश परिवर्तनभन्दा पनि अर्थतन्त्रलाई चलायमान बनाउने सन्देश दिन मात्र खोजेको स्रोत भनाई छ । अर्थतन्त्रलाई सहज हुने गरी नीति अबलम्बन गर्नु पर्नेमा केन्द्रीय बैंक सकारात्मक रहेको बताउँदै स्रोतले भन्यो, “मौद्रिक व्यवस्थाहरु नचलाई नियामकीय व्यवस्थाहरुमा परिवर्तन गरिएको हो । स्रोतका अनुसार आगामी आर्थिक वर्षको मौद्रीक नीति ल्याउने समय पनि धेरै नभएकाले तेस्रो समिक्षा मार्फत समान्य नियामकीय परिवर्तन मात्र गरिएको हो ।

केन्द्रीय बैंकले आइतबार मौद्रिक नीतिको तेस्रो समीक्षा ल्याउनका लागि बिहीबार मात्रै व्यवस्थापन समितिमा छलफल गरेको थियो । अर्थ सचिव मधु मरासीनीले आइबारसम्म नकुर्न भनेपछि केन्द्रीय बैंकले शुक्रबार बिहान नै सञ्चालक समितिको बैठक आह्वान गरी मौद्रिक नीतिको तेस्रो समीक्षाको निर्णय सार्वजनिक गरेको हो ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको समीक्षाको पूर्णपाठ :

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।