बिपिडब्लु लघुवित्तको सेयर सामुदायिक लघुवित्तको नामममा कारोबार हुने

0
Shares

बिपिडब्लु लघुवित्तको सेयर आइतबारदेखि सामुदायिक लघुवित्तको नामममा कारोबार हुने भएको छ । मर्जर प्रकृया सकेर सामुदायिक लघुवित्तको नामममा एकीकृत कारोबार गरेपश्चात बिपिडब्लु लघुवित्तको सेयर पनि सामुदायिक लघुवित्तको नाममा नै कारोबारमा आउने भएको हो ।

बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको २०८० फागुन २४ गतेलेखि एकीकृत कारोबार सुरु भएको थियो । दुई लघुवित्तबीच १० बराबर ८.५३५ कित्ता सेयर स्वाप अनुपातमा मर्जर सम्पन्न भएको थियो । एकीकृत कारोबार यता सेयर स्वाप मिलान लगायतका कामका लागि दुबै कम्पनीको धितोपत्रको कारोबार फागुन २४ गतेदेखि रोक्का रहेको थियो । फागुन २३ गते सामुदायिक लघुवित्तको सेयर अन्तिम पटक ८०४ रुपैयाँ तथा बिपिडब्लु लघुवित्तको ११४१ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।

बिपिडब्लु लघुवित्तको नाममा रहेको सेयर मर्जर भई कायम भएको सामुदायिक लघुवित्तको नाममा २ लाख ५६ हजार ५० कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएसँग जेठ ६ गते आइतबारदेखि रोक्का रहेको दुबै कम्पनीको सेयर कारोबार खुल्ने भएको छ । साबिक सामुदायिक लघुवित्तको नाममा १४ लाख ५२ हजार कित्ता सेयर सूचीकृत छ । अब एकीकृत सामुदायिक लघुवित्तको नाममा कुल १७ लाख ८ हजार ५० कित्ता सेयर कायम भएको छ ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारको लागि ८८३ रुपैयाँ ९७ पैसा कारोबार मूल्य तोकेको छ । यही मूल्यमा आधारित रहेर आइतबार सामुदायिक लघुवित्त कम्पनीको सेयर कारोबार खुल्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।