पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रस्ताव गरेको बोनसमा मूल्य समायोजन भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० का लागि घोषणा गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्तावित ४.७५ प्रतिशत बोनसको बुकक्लोजसँगै मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछि नेपाल रि इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता मूल्य ६६१ रुपैयाँ ५८ पैसा तोकिएको छ । कम्पनीको बिहीबार समायोजन अघिको अन्तिम सेयर मूल्य ६९३ रुपैयाँ रहेको थियो ।

यससँगै जेठ ६ गते आइतबारदेखि कम्पनीको सेयर समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबारमा आउने छ ।

कम्पनीले गत आव २०७९–८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीको जेठ १७ गते बिहीबार नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।