नेप्से यो साता ५२.५३ अङ्कले बढ्यो, यस्तो छ बजार साप्ताहिक समीक्षा

0
Shares

यो साताको सेयर बजार २.६७प्रतिशत अर्थात ५२.५३ अङ्कले बढेको छ । पाँच दिनमा करिब साढे १८ अर्बको कारोबार हुँदा नेप्से परिसूचक पनि बढेर २०१८ दशमलव ७६ विन्दुमा बन्द भएको हो । आइतबार १९६६ दशमलव २३ विन्दुमा बजार खुलेको थियो । नेप्से परिसूचक बढेसँगै यो साता लगानीकर्ताले सेयर बजारबाट ५३ अर्ब १३ करोड रुपैयाँ कमाएका छन् । आइतबार कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा ८३ अर्ब ४६ करोडले बढेर ३२ खर्ब १ अर्ब १६ करोडमा बढोत्तरी भएको हो ।

पाँच दिनमा चार दिन बजार घटेको थियो भने बुधबार मात्रै बजार घटेको हो । आइतबार ८.२६, सोमबार २४.३९, मंगलबार २८.६२ र बिहीबार ०.७९ अंकले बजार बढेको थियो । बुधबार भने ९.५४ अंकले घटेको थियो । यो साता पाँच दिनमा दैनिक औसत ३ अर्ब ७१ करोड ८९ लाखका दरले कुल १८ अर्ब ५९ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको ४ करोड ४० लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यो सिईडिबि हाइड्रोपावरको सर्वाधिक ९५ करोड ५२ लाख ५४ हजार रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ । यस्तै पोखरा फाइनान्सको ३९ करोड ७६ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ३८ करोड ८९ लाख, नेपाल फाइनान्सको ३२ करोड २२ लाख, पिपुल्स पावरको २८ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको सेयर यो साता २७ करोड ३६ लाख रुपैयाँ, सोनापुर मिनरल्स एण्ड आयलको २६ करोड ७२ लाख रुपैयाँ, आरएसडिसी लघुवित्तको २५ करोड ८५ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २३ करोड २४ लाख र ग्रामीण विकास लघुवित्तको २२ करोड ६४ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

कारोबार कित्ताका आधारमा यो साता सईडिबि हाइड्रोपावरको १३ लाख १ हजार ८०८ कित्ता र कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको ७ हजार ५५५ ओटा पुगेको छ ।

यो साता १३ उपसमुहगत सूचकमध्ये होटल तथा पर्यटनमुलक र फाइनान्स बाहेक ११ ओटा बढेका छन् । होटल तथा पर्यटनमुलक ३.७७ प्रतिशतले घटेको छ भने फाइनान्स २.५८ प्रतिशतले घटेको छ । यो साता लघुवित्त सर्वाधिक ६.०३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा ३.२३ प्रतिशत र बैंकिङ्ग ३.१३ प्रतिशतले बढेको छ । पाँच ओटा २ प्रतिशत धेरैले बढेको छ भने म्युचुअल फन्ड ०.६१ प्रतिशत, विकास बैंक ०.७१ प्रतिशत र ब्यापार १.२९ प्रतिशतले बढको छ ।

यस्ता छन् कमाउने शीर्ष दश कम्पनी

बजार बढेपनि यो साता केही कम्पनीका लगानीकर्ताले गुमाएपनि धेरै कम्पनीका लगानीकर्ताले मुनाफा कमाएका छन् ।

यो साता श्रृजनशील लघुवित्तका लगानीकर्ताले यस साता ३९.८८ प्रतिशतले नाफा आर्जन गरेका छन् । यससँगै कम्पनीको सेयर मूल्य १ हजार २४८ रुपैयाँ पुगेको छ । यस्तै उपकार लघुवित्तको सेयर मूल्य अघिल्लो साताको तुलनामा ३४.५४ प्रतिशतले बढेर १ हजार ४७९ रुपैयाँ पुगेको छ । यस्तै हिमालयन लघुवित्तको २५.४९ प्रतिशतले बढेर ८४५ रुपैयाँ पुगेको छ ।

यसैगरी यस साता युनिक नेपाल लघुवित्तको २५.१८ प्रतिशतले बढेर १ हजार ६८४ रुपैयाँ पुगेको छ । हिमालयन बैंकको संस्थापक सेयर २१.७५ प्रतिशत बढेर १२३ रुपैयाँ २० पैसामा कारोबार हुादा सिईडिबी हाइड्रोपावरको सेयर मूल्य पनि २०.३४ प्रतिशतले बढेर ६७३ रुपैयाँ १० पैसा पुगेको छ । समाज लघुवित्तका लगानीकर्ताले यस साता २०.१२ प्रतिशतले बढेर १९५८ रुपैयाँ, जनउत्थान लघुवित्तको १९.३७ प्रतिशतले बढेर १२२३ रुपैयाँ १० पैसा, जाल्पा लघुवित्तको सेयर मूल्य १९.३५ प्रतिशतले बढेर १३३० रुपैयाँ र माण्डू हाइड्रोपावर कम्पनीको १९.२६ प्रतिशतले बढेर ८१० रुपैयाँ पुगेको छ ।

क-कसले गुमाए ?

यो साताको बजारबाट दोल्ती पावरका सेयरधनीले सर्वाधिक ९.०७ प्रतिशतले गुमाएका छन् । यससँगै कम्पनीको मूल्य प्रतिकित्ता ४४६ रुपैयाँ ५० पैसामा झरेको छ । यस्तै आरएसडिसी लघुवित्तको सेयर मूल्य ६.१२ प्रतिशतले घटेर ७५८ रुपैयाँ ४० पैसामा झरेको छ ।

यस्तै श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्स, सिटि होटल, सोल्टी होटल, मल्टिपर्पस फाइनान्स र नेपाल फाइनान्सको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ । यो साताको अनितम दिन बिहीबार श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४३९ रुपेयाँ, सिटि होटलको ६२२, सोल्टी होटलको ४६१, मल्टिपर्पस फाइनान्सको ४६० रुपैयाँ र नेपाल फाइनान्सको सेयर मूल्य ५४८ रुपैयाँमा झरेको रहेको छ ।

यो साता माथिल्लो मैलुङ्ग हाइड्रोपावरका लगानीकर्ताले पनि ४.१४ प्रतिशतले गुमाएका छन् । कम्पनीको सेयर मूल्य घटेर ४५६ रुपैयाँ ९० पैसामा झरेको छ । यसैगरी माईखोला हाइड्रोपावरको ४ प्रतिशतले घटेर ४२५ र बेष्ट फाइनान्स का लगानीकर्ताले ३.९७ प्रतिशतले गुमाउँदा प्रतिकित्ता सेयर मूल्य ४०३ रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।